Tuesday, July 11, 2017

सिद्धार्थ बैंक लिमिटेड (SBL) को ३०% हकप्रद (RIGHT) शेयर सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन, कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

सिद्धार्थ बैंक लिमिटेड (Siddhartha Bank Ltd., SBL) ले २०७४ साल जेठ २५ गते बिहिबारदेखि तीस प्रतिशत अर्थात ३०% हकप्रद (Right) सेयर निष्कासन तथा आवेदन खुल्ला गरेको छ । बैंकको १० कित्ता साधारण सेयर बराबर नयाँ ३ कित्ता साधारण सेयर (१०ः३) को अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड ५७ लाख ५२ हजार ५ सय ७८ दशमलव १३ कित्ता हकप्रद सेयर मिति २०७४ साल जेठ १५ गते सोमबारसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई बैंकको सेयरमा स्वामित्व कायम गरेका साविक शेयरधनीहरुको लागि बिक्री खुला गरिसकेको छ । यसरी बैंकको यस हकप्रद सेयरमा २०७४ साल जेठ १५ गते सोमबारसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सिद्धार्थ बैंकको यो हकप्रद सेयर असार २८ गते आज बुधबारसम्म भरी सक्नु पर्नेछ ।


हाल बैंकको चुक्ता पूँजी ५ अर्ब २५ करोड पैंया रहेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले ३०% हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रद बिक्रीबाट बैंकको चुक्तापुँजी थप ३०% बृद्धि हुनेछ । यस हकप्रद सेयर निष्कासन बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख रुपैंया पुग्नेछ । बैंकको आजै विहीबार बसेको संचालक समितिको बैठकले आजै खुला गरिएको यस ३० प्रतिशत हकप्रद बिक्रीपछि कायम पूँजीमा थप १० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पनि गरेको छ । यस थप १० प्रतिशत हकप्रद बिक्रीपश्चात बैंकको पूँजी ७ अर्ब पचास करोड नाघ्ने छ । राष्ट्र बैंकले तोकेको ८ अर्ब पुर्याउन बाँकी नपुग रकम बैंकले चालु आर्थिक बर्षको बोनसबाट पुर्याउने देखिन्छ । बैंकको सेयर हिजो सोमबार नेप्सेमा प्रतिकित्ता ४८६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यो हकप्रदका सेयरका लागि बैंकले मिति २०७४ साल जेठ १६ गते मंगलबारदेखि सेयरधनी दर्ता किताब बन्द गरी सकेको छ । यस हकप्रद सेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धकको जिम्बेवारी सुम्पेको छ । सेयरधनीहरुले विक्री प्रबन्धक लक्ष्मी क्यापिटल, सिद्धार्थ बैंकको केन्द्रिय कार्यालय हात्तिसार लगायत देशभरीका सिद्धार्थ बैंकको शाखा कार्यालयबाट बैंकको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सिद्धार्थको प्रतिसेयर आम्दानी वार्षिक २४ रुपैयाँ ३० पैसा कायम गरेको छ ।

हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु कसरी थाहा पाउने ? 
बैंकको हकप्रदको हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला बारेको सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् । हकप्रद सेयर निष्कासन सम्बन्धी सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।

को कसले हकप्रद किन्न पाउँछ ?
बैंकको हकप्रद सेयर मिति २०७४ साल जेठ १५ गते सोमबारसम्म नेपाल स्टक एक्सचेन्ज लि.मा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहिलेदेखि कहिलेसम्म आवेदन भरी सक्नु पर्ने ?
२०७४ साल जेठ २५ गते बिहिबारदेखि असार २८ गते बुधबारसम्म।

३०% हकप्रद कति सम्म भर्ने कसरी थाहा पाउने ?
बैंकको कति हकप्रद भर्नु पर्ने विवरण जाँच गर्न यस लिंक्स मा क्लिक गर्नुहोस् । अन्यथा तीस प्रतिशत अर्थात ३०% हकप्रद सेयर निष्कासन भन्नाले बैंकको १० कित्ता साधारण सेयर बराबर नयाँ ३ कित्ता साधारण सेयर (१०ः३) को अनुपात बुझिन्छ र सिद्धार्थ बैंक वा सिद्धार्थको यस हकप्रद तथा निष्कासन बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटमा सोझै सम्पर्क गरी थाहा पाउन सकिन्छ ।

हकप्रद सेयर खरिद दरखास्त फाराम कहाँ बाट कसरी प्राप्त गर्ने ?
हकप्रद सेयर खरिद दरखास्त फाराम डाउनलोड गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

कहाँ कुन ठाउँबाट आवेदन दिने ?
सिद्धार्थ बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट तथा सिद्धार्थ बैंकको केन्द्रिय कार्यालय हात्तिसार लगायत देशभरीका सिद्धार्थ बैंकको शाखा कार्यालयबाट बैंकको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

बैंकको हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

बैंकको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणदर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !

नेप्से अब हरियालीमा .... क कसलाई मन पर्यो त? LIKE ठोक्दै हाजिर गरौँ त!

ShareUpdateNepal
मन परेमा लाईक ठोक्न निम्न लिंक्समा क्लिक गरिहालौं !

Saturday, July 8, 2017

एभरेष्ट इन्स्योरेन्स (EIC) को प्रस्तावित २०% बोनस (BONUS) सेयर बाँडफाँड पश्चात ६००% हकप्रद (RIGHT) को प्रस्ताव पारित !

एभरेष्ट इन्स्योरेन्स कम्पनि लिमिटेड (Everest Insurance Company Ltd., EIC) ले आर्थिक वर्षहरु ०६८/०६९, ०६९/०७०, ०७०/०७१, ०७१/०७२ र ०७२/०७३ गरी ५ बर्षको १८, १९, २०, २१ र २२ औं कुल ५ वटा साधारण सभा एकसाथ एकै पटक यही असार २३ गते हिजो शुक्रबार आफ्नो बार्षिक साधरण सभा सम्पन्न गरेको छ । उक्त साधरण सभाबाट कम्पनीका सदस्यहरुलाई आर्थिक वर्ष २०७२ /०७३ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रकम दुइ करोड दुइ लाख ५० हजार रुपैयाँ बोनस सेयर तथा बोनास सेयर कर वापतको प्रयोजनार्थ दश लाख ६५ हजार सात सय ८९ रुपैयाँ नगद लाभांश पनि स्वीकृत गरेको छ । साथै, पूँजी बृद्धि सम्बन्धमा माथि प्रस्तावित बोनस सेयर बाँडफाँड पश्चात हुने चुक्त पूँजी १२ करोड १५ लाख रुपैयाँको एक भागको ६ भागका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

ShareUpdateNepal
एभरेष्ट इन्स्योरेन्सको गत असार १ गते बिहिबार बसेको संचालक समिति बैठकले आफ्नो २०७१ चैत १२ गते बिहिबार बसेको विशेष साधारण सभाबाट पारित १५० प्रतिशत हकप्रद ल्याउने प्रस्तावलाई परिमार्जन गरी २० प्रतिशत बोनसपछि कायम हुने चुक्ता पूँजीमा ६०० प्रतिशत अर्थात् १ः६ अनुपातमा हकप्रद ल्याउने प्रस्ताव गरेको थियो । वार्षिकोत्सवका अवसरमा आगामी दिनमा अझै उत्कृष्ट सेवा दिदै अघि बढ्ने जनाउँदै कम्पनीको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा कमल गौतम नियुक्त गरेको छ । यसै साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले असार ९ देखि असार २३ सम्म बुक क्लोज गरेको थियो भने असार ८ सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिएका थिए ।

सभाले पारित अनुसार अब सेयरधनीले हाल रहेको सेयर संख्याभन्दा थप सात गुणा भन्दा बढी भारी मात्रामा सेयर संख्या प्राप्त गर्नेछन् । उदाहरणको लागि हाल १०० कित्ता सेयर हुनेले बोनस स्वरुप २० प्रतिशत सेयर प्राप्त गर्दा १२० कित्ता हुने र त्यसको ६०० प्रतिशत हकप्रद प्राप्त गर्दा ७२० कित्ता सेयर थप हुनेछ । यसरी सुरुमा १०० कित्ता सेयर हुने सेयरधनीकाे बाेनस र हकप्रदपछि कुल सेयर संख्या ८४० पुग्नेछ । तर सञ्चालक समितिले लगेको उक्त हकप्रद प्रस्ताव साधारणसभाले पारित गरिसके पछि पनि अब बीमा समिति एवं धितोपत्र बोर्डले पनि स्बीकृति दिनुपर्ने हुन्छ ।

सबै निर्जीवन बिमा कम्पनीले आर्थिक बर्ष ०७४/०७५ को अन्त्यसम्ममा चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्ने बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनी एभरेष्टको चुक्ता पूँजी २०७५ असार मसान्तसम्ममा न्यूनतम एक अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । एभरेष्टले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा दुइ करोड ११ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) २७ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ ४३३ रुपैयाँ ८८ पैसा छ । हाल कम्पनीको चुक्ता पूँजी १० करोड १२ लाख ५० हजार रुपैयाँ छ । उसको जगेडा कोषमा ११ करोड र बीमा कोषमा १५ करोड २३ लाख ३७ हजार रुपैयाँ छ । १५० प्रतिशत हकप्रद वापतको अग्रिम रकम संस्थापक समूहमा पर्ने सेयरधनीहरुले जम्मा गरिसकेकाले त्यो कल ईन एडभान्समा रहेको छ । अब हक्रप्रदको प्रतिशत बढेकाले उनीहरुले थप रकम जम्मा गर्नुपर्ने भएको छ । यसरी २० प्रतिशत बोनस पश्चात् यसको चुक्ता पूँजी १२ करोड १५ लाख रुपैयाँ पुग्नेछ । त्यसपछि फेरि ६०० सय प्रतिशत हकप्रद जारी गरेपछि उक्त चुक्ता पूँजी ८५ करोड पाँच लाख रुपैयाँ मात्र पुग्नेछ । बाँकी पूँजी त्यसपछि फेरि चालु आर्थिक बर्ष र अर्को बर्ष बोनस सेयर नै दिएर लक्ष्य पुर्याउने योजना कम्पनीले राखेको देखिन्छ ।

आफ्नो सेयर मूल्यलाई नै प्रभाव पार्ने गरी कम्पनीले बोनस, हकप्रद जारी हुनु अर्थात साधारण सभा हुनु अघि संवेदशील सूचना पहिले नै चुहावट गरेको उजुरी धितोपत्र बोर्डमा परेपछि बोर्डले अनुसन्धानका लागि कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको थियो र नेप्सेले सोही अनुरुप असार ६ मंगलबार उक्त कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । साधारण सभाको प्रस्ताव आउनु पहिले नै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य दुई हजार छ सय रुपैंयाको हाराहारीमा पुगेको थियो र अघिपछि दैनिक १०/१५ लाखको सेयर कारोबार हुने यस कम्पनीको सेयर असार १ विहीबार मात्र तीन करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो भने कारोबार रोक्का गरेको अघिल्लो दिन असार ५ गते सोमबारमात्र १५ करोड ६० लाख रुपैयाँ बराबर भन्दा बढी करिब ५२ हजार सेयर कित्ताको ८ सय ७४ संख्यामा कारोबार भएको थियो ।

धितोपत्र बोर्डका अनुसार कारोबार रोक्का गरेको दुई/तीन दिनमा कम्पनीको खुल्ला हुने भनेता पनि ढिलाई हुन थाले पछि असार ११ गते आइतबार नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ जस अनुसार कम्पनीको सामायोजित सेयर मूल्य अब २,४४२ रुपैयाँ भएको छ भने आधारभूत मूल्य १,३९२ रुपैयाँ भएको छ । कम्पनीको सेयर अन्तिम कारोबार भएको दिन असार ५ गते २,९३० रुपैयाँमा बन्द भएको थियो । त्यसपछि असार १५ गते विहीबार मात्र कम्पनीको सेयर कारोबार खुल्ला गरेको छ । सेयर कारोबार खुल्ला भए पश्चात यसै साताको अन्तिम दिन बिहिबार असार २२ गते नेप्सेमा यस बीमा कम्पनीको सेयर प्रतिकित्ता २,३०० रुपैयाँबाट शुरु हुँदै २,३५० रुपैयाँसम्मको हाराहारीमा बढेर पछि २,३४९ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको छ ।

आकर्षक बोनस र भारी हकप्रद सेयरले लोभ्याएको यस बीमा कम्पनीमा लगानी गर्नू पूर्ब, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७३/७४को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणअन्य सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !

Thursday, July 6, 2017

गत सालको शत प्रतिशत पश्चात यस सालमा पनि ८० प्रतिशत हकप्रद (RIGHT) सेयर निष्काशन गर्न लागेको कम्पनीको के कस्तो अवस्था छ त? नउचालिकन हेरिहाल्ने कि?

सिन्धु विकास बैंक लि. (Sindhu Bikas Bank Ltd., SINDU) ले ८० प्रतिसत (८०%) अर्थात १० बराबर ८ (१०ः८) अनुपातमा हकप्रद सेयर निष्काशन तथा विक्री गर्ने अनुमति पूँजी बजार नियामक नेपाल धितोपत्र बोर्डबाट प्राप्त गरेको छ । बैँकले अब छिटै निकट भविष्यमा हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतले हुने प्रति कित्ता रु १०० अंकित २० लाख ९७ हजार ५ सय ४० कित्ता बराबर २० करोड ९७ लाख ५४ हजार रुपैयाँको हकप्रद सेयर निष्काशन गर्न लागेको छ ।


गत साल शत प्रतिशत हकप्रद सेयर निष्काशन पश्चात कात्तिक ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त १० कित्ता बराबर ८ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । बैंकले हकप्रद सेयर निष्काशन सम्बन्धी निर्णय पारित गर्न भन्दै कात्तिक २७ गतेका लागि बिशेष साधारण सभा समेत बोलाएर बैंकको सातौँ साधारणसभाले पारित गरेको थियो भने त्यसै साल फागुन १२ गते बोर्डमा निवेदन दिएको थियो र हाल सालै अस्ति असार १५ गते विहीबार मात्रै हकप्रद सेयर निष्काशन तथा विक्री गर्ने अनुमति प्राप्त गरेको हो ।

सिन्धुको यस हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबीएल क्यापिटल लिमिटेडले गर्ने भएको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकमा बैँकको चुक्ता पुँजी २६ करोड २१ लाख ९२ हजार रुपैयाँ रहेको छ । सो अवधिमा बैँकले जगेडा कोषमा ५ करोड ८२ लाख ९७ हजार रुपैयाँ जम्मा गरेको छ । बैँकले २ करोड ५५ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकको प्रति सेयर आम्दानी १३ रुपैयाँ र प्रति सेयर नेट वर्थ १२२.२३ रुपैयाँ कायम रहेको छ ।

बैंकले गत आर्थिक वर्ष ७२/७३ को कमाईबाट आफ्ना सेयरधनीलाई १६.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८८ प्रतिशत नगद लाभांश समेत वितरण गरेको थियो । बोनस र यस ८० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी ४७ करोड १९ लाख रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकको निर्देशन अनुसार १ देखि ३ जिल्ले विकास बैंकले चालु आर्थिक बर्षको अन्त्यसम्ममा ५० करोड चुक्ता पूँजी पुर्याउनु पर्ने हुन्छ । हकप्रद निष्काशनपछि अब सिन्धुले आफ्नो चुक्ता पूँजी करिब ६ प्रतिशतले बढाउनु पर्ने हुन्छ ।

ठुलो मात्रामा हकप्रद निष्काशन गर्दा प्रतिसेयर आम्दानीमा आउने गिरावट हेरेर विवेकपुर्ण तवरले सेयर खरिद गर्नु उचित देखिन्छ । हकप्रदमा उचालिएर सेयर किन्दा लामो समयका लागि लगानी फस्नेतर्फ सचेत हुनु पर्छ । लगानी गर्नु पहिले यो कुरामा ध्यान पुर्याउन जरुरी छ ।

यस सिन्धु विकास बैंकको सेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ कि ? लगानी गर्नु पूर्व र यस बैंकको सेयर भएका लगानीकर्ताले समेत, एक पटक हेरी हाल्ने कि? बैंकको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणसातौँ बार्षिक साधारण सभा २०७३ हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !

Wednesday, July 5, 2017

सेञ्चुरी बैंकको बोनस सेयर कर ! कति, कसरी र किन ? बिष्तृत जानकारी र लिंक्स सहित !!

सेञ्चुरी कमर्शियल बैंक लि. (Century Commercial Bank Ltd., CCBL) ले आफ्ना सेयरधनीलाई गत आर्थिक बर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयरको कर तिर्न सूचना निकालेको छ । बैंकले गत साल २०७३ चैत ३१ गते बसेको छैठौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १०% बोनस सेयर मात्र प्रस्ताव पारित गरेको थियो । कर वापतको नगद लाभांस प्रस्ताव नगरेको सेञ्चुरी बैंकले सेयरधनीलाई आफ्नो हितग्राही खातामा उक्त बोनस सेयर जम्मा गरी दिन पूर्ब ऋणीलाई जसरी कर बुझाउन ताकेता गर्दै भनेको छ ।


साथै बैंकले बोनस वापतको कर रकम भुक्तानी गरेपछि सोको भौचर सहित निवेदन समेत लेखेर बैंक तथा बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल सुनधारामा बुझाउन भनेको छ । उक्त भौचर तथा निवेदन बुझाएपछि मात्र बैंकले सेयरधनीको हितग्राही खातामा बोनस सेयर जम्मा गर्ने भएको छ ।

सेञ्चुरी बैंकको प्रधान कार्यालय पुतलीसडमा रहेको खाता नम्बर ९२६ ०२० ०११०२ मा बोनस सेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्न बैंकले लगानीकर्तालाई ताकेता गरेको छ ।

बोनस बितरणका दौरान सुचिकृत कम्पनीहरुले कर वापतको रकम बितरण नगर्दा कतिपय कम्पनीका लगानीकर्ताले सास्ती व्यहोर्दै आएका छन् । अहिले एक पटक फेरि सेञ्चुरी कमर्शियल बैंकका लगानीकर्ताले पनि यस्तै सास्ती खेप्नु पर्ने भएको छ । लाखौं रुपैंया लगानी गरेका सेयरधनीले सोको बोनसमा लाग्ने कर वापतको बीस पच्चीस रुपैंया तिर्नका लागि बैंक धाउनु पर्ने भएको छ । 

पछिल्ला दिनमा सेयरधनीले बोनस वापतको कर आफ्नो थाप्लोमा नलगाउन साधारणसभामा आग्रह गर्दै आएका छन् । अधिकांस कम्पनीको साधारण सभामा यो विषय उठान भए पनि लगानीकर्ताको समस्यालाई नहेरी कम्पनीहरुले गर्ने यस्ता निर्णयले सानो रकम बुझाउने नाममा लगानीकर्तालाई सास्ती थपिएको हो ।

सेञ्चुरीको विशेष साधारणसभामा समेत सेयरधनीले यस विषयमा चर्को आवाज उठाएका थिए ।

सो भए सेञ्चुरीको उक्त बोनस सेयर वापतको कर रकम तिर्न सेयरधनीले कति कसरी कहाँ के गर्ने त ? यसको लागि निम्न लिंक्समा क्लिक गर्नुहोस् !
श्रोत सहयोग: मेरो लगानी

Not To Miss Current EIGHT Right Shares of These Companies !!! (Details with Right Checks, Financial Analysis and Download Links)

Following are EIGHT various companies; banks, insurances and finances, whose right shares have currently been open for shareholders to secure in time. Of them, SBL, SLBBL, MMFDB and NBIL now have only 6, 12, 15 and 16 banking days respectively; and hence secure immediately as early as possible, and then others in coming days.



  1. Enlisted all eight companies with every logo in chronological order of respective right share deadline date ending soon.
  2. Clicking each logo opens complete details of respective company in Nepali with additional links for individual fiscal year financial report, analysis and right share book closure details.
  3. Tabulated below every company logo are right share ratio, units, opening date, closing date, book closure date and issue manager
  4. Provided below every table are web links for every right share eligibility check, links for right share full details and then web links for downloading the respective forms to print, complete and submit for the concerned shareholders.

Enjoy securing these current 8 right shares:



Tuesday, July 4, 2017

४० प्रतिशत हकप्रद (RIGHT) सेयर निष्काशन गर्न लागेको बैंकको दर्ता किताब कहिले बन्द हुँदै छ त? हेरिहालौं कि?

सेञ्चुरी कमर्शियल बैंक लि. (Century Commercial Bank Ltd., CCBL) ले ४० प्रतिशत अर्थात १० बराबर चार अनुपातमा हकप्रद निष्काशन गर्न सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति निर्धारण गरेको छ । बैंकले आगामी असार २७ गते मंगलबार हकप्रद प्रयोजनका लागि सेयरधनी दर्ता बन्द गर्ने जनाएको छ । सामान्यतयः बुक क्लोज हुनुभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र हकप्रद दाबी गर्न पाउने प्रावधान छ । यसको अर्थ असार २६ गते सोमबारसम्म बैंकको सेयर किनेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले मात्र हकप्रदका लागि आवेदन दिन पाउने छन् । अर्थात बैंकको हकप्रद सुरक्षित गर्न ईच्छुक लगानीकर्ताले आगामी २६ गते सोमबारसम्म बैंकको सेयर किनी सकेको हुनुपर्नेछ ।


सेन्चुरीले हाल कायम पूँजीको १० बराबर चार अनुपातमा हुने एक अर्ब ८८ करोड ५४ लाख २५.७ हजार रुपैंया बराबरको एक सय रुपैयाँ अंकित मूल्यको एक करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद जारी गर्देछ । बैंकले ४० प्रतिशत हकप्रद ल्याउन लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । बैंकले कहिलेदेखि हकप्रद निष्काशन हुने भन्ने खुलाएको छैन । बैंकको गत साल २०७३ चैत ३१ गते बसेको छैठौँ वार्षिक साधारण सभाले ४० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सेन्चुरीले गत वर्षको कमाईबाट लगानीकर्तालाई १०% बोनस सेयर दिइसकेको छ । देशकै कान्छो यो वाणिज्य बैंकको यस सेयर निष्काशन त तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट लिमिटेडले गर्ने भएको छ ।

हाल तेस्रो त्रैमाससम्ममा बैंकको चुक्तापूँजी ३ अर्ब ६८ करोड ९० लाख रुपैयाँ रहेको छ । भर्खरै मात्रै सेन्चुरीले इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोवार सुरु गरेको छ । दुई बैंकलाई एक्वायर गरेपछि यो चुक्ता पुँजी थप वृद्धि भने भइसकेको छ । यी दुई विकास बैंकलाई एक्वायर गरेपश्चात चुक्तापूँजी ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । मर्जरपछि कायम हुने पुँजीबाट बैंकले ४० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो । राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने कसरतमा रहेको सेन्चुरी ४० प्रतिशत हकप्रदको बाटो रोजेको हो । हकप्रदपछि बैंकको चुक्तापुँजी ६ अर्ब ११ करोड ५२ लाख रुपैयाँ नाध्नेछ ।

यो बैंकले सगरमाथा फाइनान्स, सेती फाइनान्स र अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्तिको प्रक्रिया जारी छ । सेती फाइनान्स प्राप्ति प्रकृया पनि अन्तिम चरणमा पुगेको बैंकले जनाएको छ। बैंकका अनुसार हालै मर्जर सम्पन्न भएका इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेछन् । पाँचवटै संस्था मर्जर तथा ४० प्रतिशत हकप्रद समेत बिक्री गरेपछि यो बैंकको चुक्तापूँजी ६ अर्ब ५९ करोडको उचाईमा पुुग्नेछ । सेन्चुरीले तेस्रो त्रैमासमा ३१ करोड ९ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ २९ पैसा छ । बैंकको सेयर असार २० गते मंगलबार नेप्सेमा प्रतिकित्ता ३७० रुपैयाँसम्मको हाराहारीमा बढेर पछि ३६५ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

किन्दै हुनुहुन्छ त यस सेञ्चुरी कमर्शियल बैंकको सेयर? लगानी गर्नु पूर्व र यस बैंकको सेयर भएका लगानीकर्ताले समेत बैंकको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनि विश्लेषणसेयरधनी दर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुहोस् !

AddToAny