Friday, May 19, 2017

जानीराख्नोस्, हकप्रद सेयर, बोनस सेयर र नगद लाभांश के हो ?

तपाई हकप्रद सेयर, बोनस सेयर र नगद लाभांशबारे थाहा नभएर अन्यौलमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने यो लेख लपाईका लागि उपयुक्त हुनसक्छ ।

हकप्रद सेयर(Right Share)
सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरिसकेको कम्पनीले भविष्यमा पुनः साधारण सेयर निष्कासन गर्ने भएमा त्यसरी निस्कासन गरिने सेयरहरु खरिद गर्ने पहिलो हक विद्यामान अवस्थामा रहेका सेयरधनीलाई प्राप्त हुन्छ । यसप्रकार कम्पनीले पुनः निष्कासन गर्ने सेयरमा बिद्यमान सेयरधनीले पहिलो अधिकार राख्ने हक हुन्छ । त्यसरी जारी गरिएको सेयरलाई हकप्रद सेयर भनिन्छ । हकप्रद सेयर खरिद गर्नैपर्छ भन्नेचाँहि हुँदैन । यो सेयर खरिद गर्ने कि नगर्ने भन्ने विषयमा सेयरधनीले आफ्नो स्वःविवेक प्रयोग गर्न पाउँछन् वा यस विषयमा उनीहरु स्वतन्त्र हुन्छन् । कम्पनीमा बिद्यमान आवस्थामा रहेका सेयरधनीले आफुले पहिले खरिद गरेको सेयरको हिस्सा र सोही अनुपातमा हकप्रद सेयर खरिद गर्न सक्ने अधिकार राख्दछन् ।

यस तल लिंक्समा क्लिक गर्नुहोस्


Source: arthatantra

Wednesday, May 17, 2017

सेयर बजारको कथा : बाँदर अनि बाख्रा

नामपुर गाउँका किसान बाँदरको अनियन्त्रित कृयाकलापबाट हैरान थिए । गाउँको फाँटमा कहिलेकाँही ठुलो संख्यामा किसानहरु भेला हुन्थे । अनि कसरी किसानी गरेको अन्नपात बाँदरबाट जोगाएर धेरै पैसा कमाउन सकिन्छ भन्ने बिषयमा घनिभुत छलफल गर्थे । तर परम्परागत खेतीले को पो धनी हुन सक्थ्यो र ! उनीहरुको छलफल औपचारिकतामा मात्र सिमित हुन्थ्यो । ..
मकैबाली गोडमेल गरे पछि फेरि गाउँमा किसानहरुको भेला भयो ।


‘हैन यी बाँदर किन्ने मान्छे आए पनि हुन्थ्यो नि ।’ इन्द्रले पीडा पोख्यो ।

‘के भन्छ यो ? बाँदर पनि कसैले किन्छ ? लौ बाँदर किन्ने कोही आयो नै भने पनि हामीले गर्ने चैं के ?’ दिलेन्द्रले इन्द्रलाई प्रतिप्रश्न गर्यो ।

‘हैन बाँदरको बारेमा तलको बजाराँ खुलेको एउटा के नाम त्यो .... कम्पनी छ नि त्यसले सोधिखोजी गरिरहेको थियो है । कुरो के रहेछ बुझ्न पो जाने होलां, केही उपाय निस्किन्छ कि ।’ श्याम बोल्यो ।

‘हजुर हामी यो कम्पनीको प्रमुख दिनेश सरलाई भेट्न आएका ।’ - हुल बाँधिएर गएका किसान मध्येको श्यामले गाउँ नजिकको बजार क्षेत्रमा रहेको कम्पनीको रिसेप्सनमा बसेकी गोरी युवती (देविका) लाई जिज्ञासा राख्यो ।

एकछिन पर्खिनुहोस है, म सरलाई तपाईहरु आउनु भएको कुरा सुनाउँछु ।’

-‘हवस, हामी यहि पर्खिन्छौं ।’

तपाईहरुलाई सरले भित्र बोलाउनु भएको छ ।’ युवतीले गाउँले किसानको नेतृत्व गरिरहेको श्यामलाई भन्छे ।

'नमस्ते सर ।’ केही भित्र पसेर एउटा तला माथि चढे पछि बाँया तर्फको सुविधासम्पन्न कोठामा पुगेर सबैले सामुहिक रुपमा दिनेश साहुलाई नमस्ते ठोक्छन् ।

‘नमस्ते नमस्ते, आराम हुनुहुन्छ ?’

‘हजुर आराम छौं ।’

‘तपाईको नाम इन्द्रबहादुर हैन ? अस्ति पर टारमा बाँदर लखेट्दै गरेको बेला भेट भएको थियो नि ।’ दिनेश साहुले सोधे ।

‘हो हजुर । हजुरहरुसंग सानो सहयोग माग्न पो आएका हामी त ।’ इन्द्रले जवाफसंगै सहयोग माग्यो ।
‘कस्तो सहयोग ?'

‘मकैबाली जोगाउन हम्मे हम्मे पर्यो । लौन हाम्रो आम्दानी कसरी जोगाउने होला ?’ खचाखच भरिएको कोठाको कुनामा भित्तापट्टि भुँईमा टुसुक्क बसेको दिलेन्द्रले आफ्नो अघिल्तिर रहेको भिडभन्दा अगाडी बडेमानको कुर्सीमा बसेको दिनेश साहुलाई समस्या पोख्यो ।

कुर्सी अलिकति घुमाउँदै दिनेश साहुले भने 'हामीलाई एउटा बिदेशी औषधी कम्पनीले बाँदरमा औषधीको परीक्षण गर्न ठूलो संख्यामा बाँदर माग गरेको छ । तपाईहरु दिनसक्नुहुन्छ त ?'
‘सर हामी तयार छौं ।’

मकै पनि जोगिने बाँदर समातेर ल्याँउँदा आम्दानी पनि हुने भएपछि किसानहरु हौसिनु स्वभाविक थियो ।

'हामीलाई चाहिएको बाँदर ल्याइदिनु हुन्छ भने एउटा बाँदरको १ हजार रुपैंया दिन्छौं । अब बाँदर पनि सकिने, तपाईहरुको आम्दानी पनि हुने अनि मकैबाली पनि जोगिने ।’ दिनेश साहुले सबै किसानलाई आश्वास्त पार्न खोजे ।

‘हामीले बाँदर बेच्ने रे ? अनि तपाईको कम्पनीले किन्ने ?’ अचम्म मान्दै श्यामले थप जिज्ञासा राख्यो ।

भुँईमा बसेको भिडको मध्य भागबाट फेरि दिनेश साहु बसेको कुर्सीमा हेर्दै रामबीरले थप्यो ‘बाँदर मुला जति पनि छन नि गाउँमा, तपाईले किन्ने पक्का हो भने हामी जति पनि बाँदर ल्याउन सक्छौं सर, हामीलाई पैसा कमाउनु छ ।’

रामबीरको आवाज बन्द नहुँदै सबैको मुखबाट सामुहिक आवाज निस्कियो

‘हो सर हामी तपाईलाई बाँदर बेच्न तयार छौं ।’

गाउँलेहरु बाँदर खोज्न जंगल पसे, पाँसो थापे, कसैको पाँसोमा दुई दुई वटा बाँदर पर्यो । बाँदर समात्ने क्रममा हर्कको हातमा बाँदरले टोकिदियो पनि ।

५२ जना गाउँलेले ७० वटा बांदर बन्द ट्रकमा लादेर दिनेश साहुको कम्पनीसम्म पुर्याएर एकमुष्ट रकम बुझे ।

बाँदर बेचेको अबसरमा गाउँमा ठूलो भोज चल्यो । यस अघि एक बोतल खानेले दुई, तीन बोतल समेत रित्याए । गरिबीको चक्र न हो, सबैका गोजी रित्तिए ।

क्रमश:

*** *** *** *** *** तल क्लिक गर्नुस । *** *** *** *** ***


सानिमा बैंक लिमिटेड (SANIMA) को ३०% हकप्रद सेयर भर्ने होइन त? कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

सानिमा बैंक लि. (Sanima Bank Ltd., SANIMA) ले २०७४ साल बैशाख ७१ गते आइतबार देखि तीस प्रतिशत अर्थात ३०% हकप्रद (Right) सेयर निष्कासन खुला गरी सकेको छ । बैंकको १० कित्ता साधारण सेयर बराबर नयाँ ३ कित्ता साधारण सेयर (१०ः३) को अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद सेयर मिति २०७३ साल चैत्र १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुको लागि बिक्री खुला गरिसकेको छ । यसरी बैंकको यस हकप्रद सेयरमा २०७३ साल चैत्र १७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सानिमा बैंकको यो हकप्रद सेयर जेष्ठ २१ गतेसम्म भरी सक्नु पर्ने छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले ३०% हकप्रद सेयर बिक्री बिक्री खुला गरेको हो । यो हकप्रद बिक्रीबाट बैंकको चुक्तापुँजी थप ३०% बृद्धि हुनेछ । बैंकले केही समयअघि मात्र बागमती डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार पनि सुरु गरिसकेको छ । यस हकप्रद सेयर निष्कासन बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ८९ करोड ७६ लाख ३४ हजार रुपैयाँपुग्ने अनुमान छ ।


हकप्रदका सेयरका लागि बैकले मिति २०७३ साल चैत्र १८ गतेदेखि सेयरधनी दर्ता किताब बन्द गरी सकेको छ । हकप्रद सेयरका लागि आवेदकहरुले सिविआईएल क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीबजार, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी सानिमा बैंकको केन्द्रीय कार्यालय अलकापुरी, नक्साल काठमाडौं र बैंकका अधिकांश शाखा कार्यालयहरु तथा सानिमा क्यापिटल लिमिटेड नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ । संस्थापक सेयरधनीहरुको हकमा भने दरखास्त फारम सानिमाको केन्द्रीय कार्यालय र शाखा कार्यालय हरिवन सर्लाहीबाट मात्र बुझिलिने ब्यवस्था गरिएको छ ।

दरखास्त फारम बुझाउने क्रममा संस्थापक सेयरधनीहरुले भने आफ्नो आयस्रोत सम्बन्धी सम्पुर्ण विवरण तथा कर चुक्ताको प्रमाणपत्र पनि बुझाउनुपर्नेछ । त्यस्तै हकप्रद सेयर हस्तान्तरण गर्नेे सेयरधनीहरुको हकमा भने दरखास्त फारम बैंकको सेयर रजिष्ट्रार कार्यालय सानिमा क्यापिटल लिमिटेडबाट मात्र बुझिने व्यवस्था गरिएको छ । सानिमाको यस हकप्रद तथा निष्कासन बिक्री प्रबन्धक सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ । हाल सानिमाको चुक्ता पाँच अर्ब ३० करोड ५८ लाख ७२ हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सानिमाले ९४ करोड ६९ लाख १७ खुद नाफा गरेको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९५ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ८१ पैसा छ ।

हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु कसरी थाहा पाउने ? 
बैंकको हकप्रदको हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला बारेको सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् । हकप्रद सेयर निष्कासन सम्बन्धी सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।

को कसले हकप्रद  किन्न पाउँछ ?
बैंकको हकप्रद सेयर मिति २०७३ साल चैत्र १७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहिलेदेखि कहिलेसम्म आवेदन भरी सक्नु पर्ने ?
२०७४ साल बैशाख ७१ गते आइतबार देखि जेष्ठ २१ गतेसम्म

३०% हकप्रद कति सम्म भर्ने कसरी थाहा पाउने ?
बैंकको कति हकप्रद भर्नु पर्ने विवरण जाँच गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

हकप्रद सेयर खरिद दरखास्त फाराम कहाँ बाट कसरी प्राप्त गर्ने ?
हकप्रद सेयर खरिद दरखास्त फाराम डाउनलोड गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

कहाँ  कुन ठाउँबाट आवेदन दिने  ?
सिविआईएल क्यापिटल लिमिटेड, बाटुलेघर, डिल्लीबजार, काठमाडौं लगाएत सानिमा बैंकको केन्द्रीय कार्यालय अलकापुरी, नक्साल, काठमाडौं र बैंकका अधिकांश शाखा कार्यालयहरु तथा सानिमा क्यापिटल लिमिटेड, नक्साल काठमाडौंबाट समेत आवेदन दिन सकिन्छ ।

संस्थापक सेयरधनीहरुको हकमा भने दरखास्त फारम सानिमाको केन्द्रीय कार्यालय र शाखा कार्यालय हरिवन सर्लाहीबाट मात्र बुझिलिने ब्यवस्था गरिएको छ ।
DOWNLOAD FORM

ज्योति विकास बैंक लि. (JBBL) को शत प्रतिशत हकप्रद सेयर भर्ने होइन त? कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

ज्योति विकास बैंक लि. (Jyoti Bikas Bank Ltd., JBBL) ले २०७४ साल बैशाख २८ गते देखि शत प्रतिशत अर्थात १००% हकप्रद (Right) सेयर निष्कासन खुला गरी सकेको छ । बिकास बैंकको १ कित्ता साधारण सेयर बराबर नयाँ १ कित्ता साधारण सेयर (१:१) को अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड १० लाख ४३ हजार १ सय ७१ कित्ता हकप्रद शेयर मिति २०७४ साल वैशाख १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुको लागि बिक्री खुला गरिसकेको छ । यसरी बैंकको हकप्रद शेयरमा वैशाख १३ गतेसम्मका लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । ज्योति विकास बैंकको यो हकप्रद सेयर जेष्ठ ३१ गतेसम्म भरी सक्नु पर्ने छ । यस हकप्रद सेयर निष्कासन बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब २० करोड ८६ लाख ३४ हजार २०० रुपैयाँ पुग्ने अनुमान छ ।


हकप्रदका लागि बैकले वैशाख १४ गतेदेखि सेयरधनी दर्ता किताब बन्द गरी सकेको छ । हकप्रद सेयरमा सिद्धार्थ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौं तथा ज्योति विकास बैंकको मुख्य कार्यालय थापाथली काठमाडौंसहित अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यस बैंकको हकप्रद तथा निष्कासन बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ज्योतिले १३४.७२ प्रतिशतले नाफामा बढोत्तरी गरेको छ । यसले १९ करोड २६ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले खुद ब्याज आम्दानीमा पनि ४९.८० प्रतिशतले वृद्धि गरेर ३५ करोड ६१ लाख २४ हजार रुपैयाँ पुुर्याएको छ । चुक्ता पुँजी १ अर्ब १० करोड १९ लाख ४१ हजार रुपैयाँ रहेको ज्योतिको रिजर्भ कोषमा भने ३४ करोड ९४ हजार रुपैयाँ मात्र रहेको छ । चुक्ता पुँजीको आधारमा बैंकको जगेडा कोषलाई भने अझै मजुबत बनाउनुपर्ने देखिन्छ । निक्षेप ७ अर्बबाट बढाएर ९ अर्ब ३५ करोड २५ लाख ८९ हजार रुपैयाँ पुर्याएको यो बैंकले ८ अर्ब ३८ करोड ४७ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेर व्यापार विस्तारलाई जोड दिएको देखिन्छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८० पैसा छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८६ पैसा छ ।

यसअघि ज्योतिले चुक्ता पुँजी बढाउनेक्रममा राप्तीभेरी विकास बैंकलाई एक्वायर गर्ने सम्झौतामा पनि हस्ताक्षर गरिसकेकाले चुक्ता पुँजी पुर्याउन बैंकलाई सहज हुने देखिन्छ । 

सेयरधनी बिबरण कसरी थाहा पाउने तथा फारम कसरी प्राप्त गर्ने ?
बैंकको हकप्रदको आवेदन फारम तथा हकप्रद भर्नु पर्ने विबरण थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।

कसले किन्न पाउँछ हकप्रद ?
बैंकको हकप्रद शेयर मिति २०७४ साल वैशाख १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहिलेदेखि कहिलेसम्म आवेदन भरी सक्नु पर्ने ?
२०७४ साल बैशाख २८ गते देखि जेष्ठ ३१ गतेसम्म

शत प्रतिशत हकप्रद कति सम्म भर्ने कसरी थाहा पाउने ?
बैंकको कति हकप्रद भर्नु पर्ने विबरण थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।

कहाँबाट दिने आवेदन ?
सिद्धार्थ क्यापिटल लिमिटेड नक्साल र ज्योति विकास बैंकको केन्द्रिय कार्यालय र शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ ।

बैंकले हाल २९ वटा शाखा संजाल, एउटा एक्स्टेन्सन काउन्टर र ११ वटा एटिएम मार्फत कारोबार सञ्चालन गर्दै आएको छ ।

Monday, May 15, 2017

5 Stock Picks That Warren Buffett Has Blown

Investors need to remember that Warren Buffett gets it wrong and changes his mind


Warren Buffett is considered by many to be one of the greatest if not the greatest investor in history. Consider that shares of Berkshire Hathaway Inc. (NYSE:BRK.A, NYSE:BRK.B) sold at their IPO in the 1960s for $19, which predated Buffett’s involvement. BRK.A recently changed hands for $245,000, an astounding return of more than 129,000%. That’s a track record that many of the hedge fund tycoons who swear admiration for the Oracle of Omaha couldn’t come close to matching if the flow of funds data is to be believed.

The octogenarian billionaire, though, isn’t perfect. Were you to meet him, I would imagine that Buffett would be the first to admit that he is mortal.

He has made many mistakes during his storied career. Sometimes, he has failed to understand macroeconomic trends and other times he has been stuck with a management team that failed to deliver the performance that he expected.

Warren Buffett also changes his mind.

Buffett has made a huge push into airlines in recent years after showing disdain for the sector for decades. Also, Buffett has also gotten over his aversion to technology and now owns 133,000 shares of Apple Inc. (NASDAQ:AAPL). He also has recently unloaded his most of stake in Wal-Mart Stores Inc (NYSE:WMT), deciding correctly that traditional retailers are going to be screwed over the long run by Amazon.com, Inc. (NASDAQ:AMZN).

In some cases, such as The Coca-Cola Co (NYSE:KO), Buffett seems to be oblivious to the growing consumer unease about the health issues associated with consuming carbonated beverages. The Cherry Coke-loving investor has been associated with KO for decades and now owns more than 9% of the Atlanta-based company.

When Buffett first bought Coca-Cola in 1988, it traded for $2.50 per share adjusted for stock splits. KO now trades for about $43.53. That’s obviously a win for Buffett’s value investing approach. KO, though, hasn’t been much of a plus lately since KO stock has underperformed the broader market for the last 5 years.

Below are examples of investments that didn’t go Buffett’s way. They are in no particular order.
NEXT: 1. BERKSHIRE HATHAWAY
Source: InvestorPlace

Sunday, May 14, 2017

Buy And Hold: Be An Investing Expert Like Warren Buffett

Warren Buffett made the buy-and-hold strategy famous in investing. And while some investors in today's fast-moving markets believe the technique is outdated and no longer useful, the data tells another story. The investment company run by Buffett, Berkshire Hathaway (BRK.A, BRK.B), still acquires stocks using a long-term philosophy to buy and hold stocks.


There's no indication that the strategy has stopped working: Berkshire's stock price has soared 131 percent in the last 10 years, doubling the 65 percent return of the Standard & Poor's 500 index.

It's not easy, but if you follow the following nine steps you can buy and hold stocks, too.
Source: MSN Money

Tuesday, May 9, 2017

आखिर SCBको FPO बास्तवमा कसलाई कति पर्यो त, हेरौं तलको लिंकमा?

वैशाख २५ गते सोमबार अपरान्ह भएको बाँडफाँटमा आखिर स्ट्याण्डर्ड चार्टर्ड बैंक (Standard Chartered Bank Ltd., SCB) को फर्दर पब्लिक अफरिङ (FPO) शेयर बास्तवमा कसलाई कति पर्यो त?


यसरी अब आफ्नो पूरा नाम र BOID नं बाट ठूला साना सबैले बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी (NMB) क्यापिटलको निम्न लिंकमा अब आफै हेर्न सकिन्छ ।

AddToAny