Thursday, July 20, 2017

४० प्रतिशत हकप्रद (RIGHT) सेयर निष्काशनको अनुमति प्राप्त विकास बैंकको के कस्तो अवस्था छ त? लगानी गर्नु अघि हेरिहाल्ने कि?

मुक्तिनाथ विकास बैंक लि. (Muktinath Bikas Bank Ltd., MNBBL) ले ४० प्रतिशत (४०%) अर्थात १० बराबर ४ को (१०:४) अनुपातमा हकप्रद निष्काशन तथा विक्री गर्ने अनुमति पुँजी बजार नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट केही दिन अघि मात्र हाल सालै प्राप्त गरेको छ । बैंकले २०७४ साउन २ गते सोमबार अनुमति प्राप्त गरेको हो । पुँजी वृद्धिको चटारोमा रहेको मुक्तिनाथले अब छिटै नै हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकले दर्शौ बार्षिक साधारण सभाबाट ४० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । यसरी नयाँ आर्थिक वर्ष सुरु भएपछि हकप्रद निष्काशनको अनुमति पाउने पहिलो कम्पनी मुक्तिनाथ विकास बैंक बनेको छ । गत आर्थिक वर्षमा प्राइम कमर्शियल बैंकले पहिलो पटक हकप्रद निष्काशनको अनुमति पाएको थियो ।

ShareUpdateNepal

मुक्तिनाथको यस सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल लिमिटेडले गर्ने भएको छ । कम्पनीले अब एनआइबिएल क्यापिटल मार्फत हाल कायम पूँजीको ४० प्रतिशतले हुने एक सय रुपैयाँ अंकित मूल्यमा ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद सेयर निष्काशन गगर्न लागेको हो । बैंकले गत आर्थिक वर्षमा ५० प्रतिशत हकप्रद बिक्री गरेको थियो भने अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ३४ प्रतिशत बोनस सेयर गरी ८४ प्रतिशतले पूँजी बढाएको थियो ।

बैंकले गत आर्थिक वर्षमा सबै सूचकमा राम्रो प्रगति गरेको वित्तीय विबरण निकालेको छ । बैंकले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.२९ प्रतिशतले खुद नाफामा बढोत्तरी गरेको छ । गत आर्थिक वर्षमा बैंकले ४९ करोड ६३ लाख १६ हजार रुपैंया खुद नाफा कमाएको छ । जबकी अघिल्लो आर्थिक वर्षमा उसले ३५ करोड ८८ लाख ७९ हजार रुपैंया मात्र खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकले १३ करोड ७४ लाख ३६ हजार रुपैंयाले खृुद नाफा बढाएको हो ।

बैंकले ११ अर्ब २७ करोड रुपैंयाको निक्षेप संकलनलाई बढाएर समिक्षा अवधिमा १६ अर्ब ७७ करोड रुपैंया पुर्याएको छ । त्यसै गरी समिक्षा अवधिमा नौ अर्ब ९० करोड रुपैंयाको कर्जा प्रवाहलाई बढाएर १५ अर्ब ३१ करोड रुपैंया पुर्याएको छ । यसरी निक्षेप र कर्जा प्रवाहमा उल्लेख्य सुधार गर्दा पनि उसले निष्कृय कर्जा अनुपातलाई अझै सुधार गरेको छ । अघिल्लो आर्थिक वर्षमा ०.०९ प्रतिशत रहेको निष्कृय कर्जा अनुपात अहिले ०.०२ प्रतिशतमा सिमित बनेको छ ।

निष्कृय कर्जामा देखिएको सुधार, निक्षेप तथा कर्जा परिचालनमा आएको बढोत्तरीले बैंकको खुृद व्याज आम्दानी ६९ करोड आठ लाख रुपैंयाबाट बढेर एक अर्ब तीन करोड आठ लाख रुपैंया पुगेको छ । कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्च बढेको बैंकले सम्भावित जोखिमका लागि पाँच करोड ६७ लाख रुपैंया रकम छुट्याएको छ ।

झण्डै ६० लाख रुपैंया राइट व्याक गरेको बैंकले कर तथा कर्मचारीका लागि छुट्याएको बोनसको आकार बढ्दा पनि खुद नाफामा भने उल्लेख्य प्रगति गरेको हो । समिक्षा अवधिमा बैंकले ८३ करोड ८४ लाख ३२ हजार रुपैंयाको चुक्ता पूँजी हकप्रद र बोनसबाट ८४ प्रतिशतले बढाएर एक अर्ब ५४ करोड ५८ लाख ३७ हजार रुपैंया पुर्याएको छ । बैंकको पूँजी र खुद नाफा वृद्धिको अनुपातलाई हेर्दा प्रतिसेयर आम्दानी सन्तुलन हुन नसकेको देखिन्छ ।

बैंकको प्रतिसेयर आम्दानी ३२ रुपैंया ११ पैसा रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैंया ८० पैसा थियो । बैंकको मूल्य आम्दानी अनुपात ३०.२४ गुणा बढी रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९.८ रहेको छ ।

बैंकले पूँजी वृद्धि गर्दै गर्दा पनि जगेडा कोषको आकार उल्लेख्य मात्रा बढाउन सकेको छ । अघिल्लो आर्थिक वर्षमा ५० करोड ३३ लाख ८३ हजार रुपैंया रहेको जगेडा कोषलाई बैंकले यस पटक ७७ करोड ६० लाख ८८ हजार रुपैंयाको बनाएको छ ।

मुक्तिनाथको हाल चुक्ता पूँजी एक अर्ब ५४ करोड ५८ लाख रुपैयाँ रहेकामा यस हकप्रद सेयर निष्कासनपछि चुक्ता पुँजी २ अर्ब १५ करोड पुग्ने छ । राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउन बैंकले चालु आर्थिक बर्षको अन्त्य सम्ममा दुई अर्ब ५० करोड पुर्याउनु पर्ने हुन्छ । अन्य संस्थासँग मर्जर तथा एक्विजिसनमा नगई आफैँ चुक्तापुँजी पुर्याउन कम्मर कसेको यस बैंकले यसरी नपुग पूँजी गत चालु आर्थिक बर्षको कमाईबाट ३४ करोड रुपैंया बराबरको बोनस सेयर बितरण गर्नु पर्ने हुन्छ ।

बैंकको सेयर साताको अन्तिम कारोबार दिन २०७४ साल साउन ५ गते बिहिबार नेप्सेमा प्रतिकित्ता १०१० मा खुल्ला भई १००९ रुपैयाँसम्मको हाराहारी पछि ९९५ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको थियो ।

यस विकास बैंकको सेयरमा लगानी गर्ने सोच्दै हुनुहुन्छ कि ? लगानी गर्नु पूर्व र यस कम्पनीको सेयर भएका लगानीकर्ताले समेत, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७३/७४ को चौंथो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणदर्शौ बार्षिक साधारण सभा २०७३ हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !

Wednesday, July 19, 2017

तपाईलाई हिमालयन पावरको आईपिओ सेयर पर्यो कि परेन ? कति पर्यो त ? नतिजा हेर्नुहोस् !

हिमालयन पावर पार्टनर लिमिटेड (Himalayan Power Partner Ltd., HPPL) को साधारण सेयर आइपीओ (IPO) आज साउन ४ गते बुधबार बाँडफाँट भएको छ । धितोपत्र बाँडफाँड निर्दे्शिका २०७४ बमोजिम सेयर बाँडफाँड गर्दा आवेदन सदर भएका सबै लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आवेदन सदर भएका एक लाख ६३ हजार ७३७ जनाले दश कित्ताका दरले सेयर पाएका छन । १२ सय ६४ जना आवेदकको आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ ।


कम्पनीले सर्वसाधारणकालागि १९ लाख ८१ हजार ६ सय ७५ कित्ता साधारण शेयर निष्कासन गरेको थियो । सबै आवेदकलाई दश कित्ताका दरले १६ लाख ३७ हजार १० कित्ता शेयर वितरण गरेपछि बाँकी रहको सेयर दश कित्ता दरले गोलाप्रथाबाट वितरण गरिएको छ ।

आवेदन सदर भएका एक लाख ६३ हजार ७३७ जनालाई नै गोलाप्रथामा सहभागी गराउदा ३४ हजार ४३० जनाले थप दश कित्ता सेयर पाएका छन । दोस्रो पटकको गोलाप्रथाबाट पाँच जना लगानीकर्ताले भने थप एक कित्ता सेयर पाएका छन । जसमा पहिलो पटकको गोलाप्रथाबाट थप दश कित्ता पाएका लगानीकर्तालाई समावेश गरिएको थिएन ।


कम्पनीले २१ करोड ३० लाख ४३ हजार रुपैयाँ बराबरको २१ लाख ३० हजार ४३० कित्ता शेयर निष्कासन गरेको थियो। जसमध्ये कर्मचारी र सामुहिक लगानीकोषलाई छुट्याएर १९ लाख ८१ हजार ६ सय ७५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिएको हो ।

कसले कति पाए ?
एक लाख २९ हजार ३०२ जनालाई : १० कित्ता
५ जनालाई : ११ कित्ता
३४ हजार ४३० जनालाई : २० कित्ता

बुधबार बाँडफाँड भएको हिमालयन पावर पार्टनर कम्पनीको सेयर बाँडफाँडको अन्तिम नतिजा मेरोलगानीमा प्रकाशित भएको छ । आफ्नो डिम्याट खाता नम्बर राखेर रद्ध भएका १२६४ जनामा आफु परे नपरेको यकिन गर्नुहोस् । साथै २० कित्ता सेयर परे नपरेको पनि यकिन गर्नुहोस् ।

कम्पनीले बाँडफाँड गरेको सेयर मध्ये पाँच जनाले ११ कित्ता सेयर पाएका छन् । ११ कित्ता सेयर पाउनेहरुमा प्रमिलादेवी सिंह, अतिथि तिमल्सिना, ओमनाथ श्रेष्ठ, रिहाना श्रेष्ठ र आरजु श्रेष्ठ (नाबालक) रहेका छन् । 

मेरोलगानीबाट नतिजा हेर्न लागि निम्न लिंकमा क्लिक गरी हेर्नुस् !




हिमालयन पावर पार्टनरको सेयर बाँडफाँड नमुना हेर्न निम्न लिंकमा क्लिक गरी हेर्नुस् !

ग्लोबल आईएमई क्यापिटलले उपलब्ध गराएको यो नतिजामा गोलाप्रथामा परेका को मात्र नतिजा समेटिएको छ । सो भन्दा धेरै कित्ताका आवेदकको नतिजा नदेखाए पनि सेयर अनिवार्य रुपमा सेयर पाएको सम्झिनु पर्छ ।

तपाईलाई कति पर्यो थाहा पाउनका लागि ग्लोबल आईएमई क्यापिटलले उपलब्ध गराएको निम्न लिंकमा क्लिक गर्नुहोस् ।


कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार १२ सय ६४ जना आवेदकको आवेदन रद्ध भएको क्यापिटलले जनाएको छ ।

तपाई रद्ध भएको आवेदन थाहा पाउनका लागि ग्लोबल आईएमई क्यापिटलले उपलब्ध गराएको निम्न लिंकमा क्लिक गर्नुहोस् ।

अन्तमा, हिमालयन पावर पार्टनर कम्पनीको सेयर बाँडफाँडको अन्तिम सबै पूरै नतिजा PDF format मा हेर्न निम्न लिंकमा क्लिक गरी हेर्नुस् !

Monday, July 17, 2017

के साँचै अब आउने नै भो त बीमामा हकप्रद र बोनस सेयरको बाढी ?

बीमा समितिले दिएको निर्देशन बमोजिम अधिकांश बीमा कम्पनीले पूँजी वृद्धिको योजना बीमा समितिमा बुझाएका छन् । यसरी योजना बुझाएका बीमा कम्पनी सबैले हकप्रद र बोनस सेयरमार्फत् पूँजी बढाउने योजना स्वीकृतिको लागि समितिसमक्ष पेस गरेका छन् ।

असार मसान्तसम्म बीमा समितिमा योजना पेस गर्ने सबै कम्पनीले यसरी हकप्रद र बोनस सेयर जारी गर्ने इच्छा देखाएपछि अब एकपल्ट नेपाली पूँजी बजारमा फेरि हकप्रद र बोनस सेयरको बाढी नै आउने देखिएको छ । यसअघि वाणिज्य बैंकहरुले त्यसैगरी राष्ट्र बैंकको निर्देशन पालना गर्न ठुलो मात्रामा हकप्रद र बोनस सेयर जारी गरेका थिए ।

ShareUpdateNepal

९ वटा जीवन बीमा कम्पनीमध्ये ६ वटा बीमा कम्पनीले असार मसान्तमा पूँजी वृद्धिको योजना बुझाएको बीमा समितिले बताएको छ । समितिले २०७५ असार मसान्तसम्म दुई अर्ब रुपैयाँ पूँजी पु¥याउन भनेपछि अधिकांश जीवन बीमा कम्पनीले आफ्नो पूँजी वृद्धि योजना बुझाएका हुन् । यसरी पूँजी वृद्धि योजना बुझाउने कम्पनीहरुमा प्राइम लाइफ इन्स्योरेन्स (PLIC), नेसनल लाइफ इन्स्योरेन्स (NLICL), गुराँस लाइफ (GLICL), एसियन लाइफ (ALICL), नेपाल लाइफ (NICL) र सूर्य लाइफ (SLICL) रहेका छन् । बीमा समितिका एक उच्च पदस्थ कर्मचारीले बताएअनुसार मेट लाइफ (MetLife) ले भने हालसम्म पनि आफ्नो पूँजी वृद्धिको योजना बुझाएको छैन ।

समितिले तीन महिना अघिमात्र बीमा कम्पनीहरुलाई असार मसान्तसम्म आफ्नो कम्पनीको पूँजी वृद्धि योजना समितिमा बुझाउन निर्देशन दिएको थियो । समितिले दिएको निर्देशनको समय सकिंँदासमेत मेट लाइफले भने अटेर गर्नुलाई बीमा समितिका हाकिमहरुले अनौठो रुपमा हेरिरहेका छन् ।

यता एक अर्ब पूँजी पु¥याउनुपर्ने निर्जीवन बीमा कम्पनीहरुमध्ये नेको (NIL), प्रुडेन्सियल (PICL), शिखर (SICL), एनएलजी (NLG), एनबी (NBIL), लुम्बिनी (LGIL), सगरमाथा (SIC) र एभरेस्ट (EIC) ले मात्र आफ्नो पूँजी वृद्धिको योजना समितिमा बुझाएको समितिले जनाएको छ ।

नेपाल इन्स्योरेन्स (NICL) ले भने पूँजी वृद्धि योजना बुझाउनको लागि थप समय माग गरेको छ । भारतीय बीमा कम्पनीका शाखा कम्पनीले भने पूँजी वृद्धिको लागि समय माग गरेको समितिले जानकारी दिएको छ । भारतीय निर्जीवन बीमा कम्पनी नेसनल इन्स्योरेन्सले ४ महिना समय माग गरेको छ भने ओरेन्टल इन्स्योरेन्सले कार्य अवधिको १ सय २० दिन समय माग गरेको छ ।

बीमा कम्पनीहरुले बुझाएको पूँजी वृद्धि योजनालाई समितिको सञ्चालक समितिको बैठकमा राखेपछि मात्र सार्वजनिक गर्ने बीमा समितिले जनाएको छ ।

दुवै जीवन एबं निर्जीवन बीमा कम्पनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरणमा प्रकाशित आ-आफ्नो चुक्ता पूँजीमा आधारित विश्लेषण तालिकाहरु हेर्नुहोस् !

कुुन जीवन बीमा कम्पनीको चुक्ता पूँजी कति छ ? हेर्न र डाउनलोड गर्न लागि निम्न लिंक्समा क्लिक गर्नुहोला !

कुुन निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी कति छ ? हेर्न र डाउनलोड गर्न लागि निम्न लिंक्समा क्लिक गर्नुहोला !

(श्रोत आर्थिकन्यूज)

बीमा कम्पनीको शेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ जीवन बीमा कम्पनीको पछिल्लो अवस्था !
बीमा कम्पनीहरुको सेयरमा लगानी गर्नुअघि अबस्था थाहा पाउनुहोस् (तथ्य बिबरणसहित)

Sunday, July 16, 2017

न्युुनतम चुक्ता पूँजी कायम गर्ने समय सिमा सकियो, क कसले के के गरे त? (तालिका एबं सम्बन्धित अन्य लिंक्स सहित)

राष्ट्र बैंक भन्छ, असोज मसान्तसम्म न्युनतम चुक्ता पुंजी कायम नगरे कारवाही


नेपाल राष्ट्र बैंकले बाँणिज्य बैंकहरुलाई न्युुनम चुक्ता पूँजी कायम गर्न दिएको समय सिमा सकिएको छ ।

राष्ट्र बैंकले दुुई बर्ष अघि अर्थात गर्भनर पदमा डा. चिरञ्जीवी नेपाल नियुुक्त भएसंगै बाँणिज्य बैंकहरुलाई न्युुनतम दुुई अर्ब रुपैयाँ चुक्ता पूँजीबाट बृद्धि गरी २०७४ असार मसान्तसम्ममा आठ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्ने निर्देशन दिएको थियो ।

सोही निर्देशन अनुसार बैंकहरुले बोनस, हकप्रद, मर्जर र प्राप्ती मार्फत पूँजी बृद्धि गरेको भएपनि हालसम्म पाँच वटा बैंकले मात्र आठ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गरेका छन् । राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुुसार कृषि बिकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक सहित पाँच वटाको चुक्ता पूँजी आठ अर्ब रुपैयाँ नाघेको छ ।


जेठ मसान्तसम्मको बित्तीय बिवरणलाई आधार मानेर राष्ट्र बैंकले साउन एक गते आज आईतबार बैंकहरुको पछिल्लो चुक्ता पूँजी सम्वन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

उक्त प्रतिवेदन अनुसार कृषि बिकास बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकको नौ अर्ब ९५ करोड, राष्ट्रिय बाँणिज्य बैंकको आठ अर्ब ५८ करोड ९० लाख र ग्लोवल आईएमई बैकको आठ अर्ब २३ करोड रुपैयाँ पुुगेको छ । जेठ मसान्तसम्म सात अर्ब ४५ करोढ ९६ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरेको नेपाल बैकले पनि असारको मसान्तसम्ममा आठ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गरिसकेको छ ।

२०७४ को असार मसान्तसम्ममा आठ वटा बाँणिज्य बैंकको चुक्ता पूँजी भने छ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । राष्ट्र बैंकका अनुसार सो अवधिमा नविलको छ अर्ब १८ करोड ५५ लाख, हिमालयन बैंकको छ अर्ब ४९ करोड १६ लख, कुमारी बैंकको छ अर्ब १५ करोड ८० लाख, सिटिजन्स बैंकको छ अर्ब ८५ करोड, प्राईमको छ अर्ब ३२ करोड, माछापुच्छ्रेको छ अर्ब ४९ करोड, एनएमबी बैंकको छ अर्ब ४१ करोड र जनता बैंकको चुक्ता पूँजी छ अर्ब २४ करोड रुपैयाँ पुुगेको छ ।

यि बाहेक आठ वटा बैंकको चुक्ता पूँजी भने पाँच अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । सो अवधिमा सेञ्चुरी कर्मसियल बैंकको पाँच अर्ब ४६ करोड, सानिमा बैंकको पाँच अर्ब ३० करोड, एनआईसी एशिया बैंकको पाँच अर्ब ८१ करोड, प्रभुु बैकको पाँच अर्ब ८८ करोड, सिद्धार्थ बैंकको पाँच अर्ब २८ करोड, बैंक अफ काठमाडौको पाँच अर्ब ६२ करोड, सिभिल बैंकको पाँच अर्ब १० करोड र सनराईज बैंकको पाँच अर्ब ४३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक सहित थप छ वटा बैंकको चुक्ता पूँजी भने चार अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । सञ्चालनमा रहेका २८ वटा बाँणिज्य बैंक मध्येमा सबै भन्दा कम चुक्ता पूँजी भने लक्ष्मी बैंकको रहेको छ । एभरेष्ट बैंकसंग मर्जरको चर्चा चलेको लक्ष्मी बैंकको चुक्ता पूँजी तीन अर्ब १५ करोड रुपैयाँको हाराहारीमा रहेको छ भने एभरेष्ट बैंकको चुक्ता पूँजी चार अर्ब ६० करोड रुपैयाँको हाराहारीमा रहेको छ ।

यता राष्ट्र बैंकले भने न्युुनतम चुक्ता पूँजी कायम गर्ने समय २०७४ असार मसान्त भएपनि चालुु आ.व.को असोज मसान्तसम्म सहुलियत समय थप गरेको र सो अवधिमा पनि तोकेको चुक्ता पूँजी नपुरयाए कारवाही गर्ने चेतावनी दिएको छ ।

कुुन बैंकको चुक्ता पूँजी कति छ ? हेर्न र डाउनलोड गर्न लागि निम्न लिंक्समा क्लिक गर्नुहोला !
(श्रोत नेपाल राष्ट्र बैंक; न्यूज अभियान)

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको यो बिष्तृत तथ्यांक हेर्न र डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !
आऊ हेरौं, अब मात्र केहि दिनको छोटो अवधि भित्रमा नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउन बाणिज्य बैंकहरुले थप बोनस, हकप्रद या मर्जर; के, कुन, कस्तो, कति, कसरि गर्छ ? बिष्तृत जानकारीको लागि निम्न लिंक्समा क्लिक गर्नुहोला !

Tuesday, July 11, 2017

सिद्धार्थ बैंक लिमिटेड (SBL) को ३०% हकप्रद (RIGHT) शेयर सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन, कहिलेसम्म, कहाँ, कति र कसरी भर्ने, बिस्तृत लिंक्स सहित !

सिद्धार्थ बैंक लिमिटेड (Siddhartha Bank Ltd., SBL) ले २०७४ साल जेठ २५ गते बिहिबारदेखि तीस प्रतिशत अर्थात ३०% हकप्रद (Right) सेयर निष्कासन तथा आवेदन खुल्ला गरेको छ । बैंकको १० कित्ता साधारण सेयर बराबर नयाँ ३ कित्ता साधारण सेयर (१०ः३) को अनुपातमा १०० रुपैयाँ अंकित दरका १ करोड ५७ लाख ५२ हजार ५ सय ७८ दशमलव १३ कित्ता हकप्रद सेयर मिति २०७४ साल जेठ १५ गते सोमबारसम्म नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार भई बैंकको सेयरमा स्वामित्व कायम गरेका साविक शेयरधनीहरुको लागि बिक्री खुला गरिसकेको छ । यसरी बैंकको यस हकप्रद सेयरमा २०७४ साल जेठ १५ गते सोमबारसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सिद्धार्थ बैंकको यो हकप्रद सेयर असार २८ गते आज बुधबारसम्म भरी सक्नु पर्नेछ ।


हाल बैंकको चुक्ता पूँजी ५ अर्ब २५ करोड पैंया रहेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन बैंकले ३०% हकप्रद सेयर बिक्री खुला गरेको हो । यो हकप्रद बिक्रीबाट बैंकको चुक्तापुँजी थप ३०% बृद्धि हुनेछ । यस हकप्रद सेयर निष्कासन बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लाख रुपैंया पुग्नेछ । बैंकको आजै विहीबार बसेको संचालक समितिको बैठकले आजै खुला गरिएको यस ३० प्रतिशत हकप्रद बिक्रीपछि कायम पूँजीमा थप १० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पनि गरेको छ । यस थप १० प्रतिशत हकप्रद बिक्रीपश्चात बैंकको पूँजी ७ अर्ब पचास करोड नाघ्ने छ । राष्ट्र बैंकले तोकेको ८ अर्ब पुर्याउन बाँकी नपुग रकम बैंकले चालु आर्थिक बर्षको बोनसबाट पुर्याउने देखिन्छ । बैंकको सेयर हिजो सोमबार नेप्सेमा प्रतिकित्ता ४८६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यो हकप्रदका सेयरका लागि बैंकले मिति २०७४ साल जेठ १६ गते मंगलबारदेखि सेयरधनी दर्ता किताब बन्द गरी सकेको छ । यस हकप्रद सेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धकको जिम्बेवारी सुम्पेको छ । सेयरधनीहरुले विक्री प्रबन्धक लक्ष्मी क्यापिटल, सिद्धार्थ बैंकको केन्द्रिय कार्यालय हात्तिसार लगायत देशभरीका सिद्धार्थ बैंकको शाखा कार्यालयबाट बैंकको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सिद्धार्थको प्रतिसेयर आम्दानी वार्षिक २४ रुपैयाँ ३० पैसा कायम गरेको छ ।

हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु कसरी थाहा पाउने ? 
बैंकको हकप्रदको हकप्रद सेयर निष्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरु थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।हकप्रद सेयरको निष्कासन तथा बिक्री खुल्ला बारेको सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् । हकप्रद सेयर निष्कासन सम्बन्धी सूचना थाहा पाउन यस लिंक्समा क्लिक गर्नुहोस् ।

को कसले हकप्रद किन्न पाउँछ ?
बैंकको हकप्रद सेयर मिति २०७४ साल जेठ १५ गते सोमबारसम्म नेपाल स्टक एक्सचेन्ज लि.मा कारोबार भई कायम साविक शेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् ।

कहिलेदेखि कहिलेसम्म आवेदन भरी सक्नु पर्ने ?
२०७४ साल जेठ २५ गते बिहिबारदेखि असार २८ गते बुधबारसम्म।

३०% हकप्रद कति सम्म भर्ने कसरी थाहा पाउने ?
बैंकको कति हकप्रद भर्नु पर्ने विवरण जाँच गर्न यस लिंक्स मा क्लिक गर्नुहोस् । अन्यथा तीस प्रतिशत अर्थात ३०% हकप्रद सेयर निष्कासन भन्नाले बैंकको १० कित्ता साधारण सेयर बराबर नयाँ ३ कित्ता साधारण सेयर (१०ः३) को अनुपात बुझिन्छ र सिद्धार्थ बैंक वा सिद्धार्थको यस हकप्रद तथा निष्कासन बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटमा सोझै सम्पर्क गरी थाहा पाउन सकिन्छ ।

हकप्रद सेयर खरिद दरखास्त फाराम कहाँ बाट कसरी प्राप्त गर्ने ?
हकप्रद सेयर खरिद दरखास्त फाराम डाउनलोड गर्न यस लिंक्समा क्लिक गर्नुहोस् ।

कहाँ कुन ठाउँबाट आवेदन दिने ?
सिद्धार्थ बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट तथा सिद्धार्थ बैंकको केन्द्रिय कार्यालय हात्तिसार लगायत देशभरीका सिद्धार्थ बैंकको शाखा कार्यालयबाट बैंकको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

बैंकको हाल निष्काशन भैरहेको हकप्रद सेयर बारे बिष्तृत सूचना, जांचफाराम डाउनलोड गर्न निम्न लिंक्समा क्लिक गर्नुहोला !

बैंकको आर्थिक बर्ष २०७३/७४ को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणदर्ता पुस्तिका बन्द सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !

नेप्से अब हरियालीमा .... क कसलाई मन पर्यो त? LIKE ठोक्दै हाजिर गरौँ त!

ShareUpdateNepal
मन परेमा लाईक ठोक्न निम्न लिंक्समा क्लिक गरिहालौं !

Saturday, July 8, 2017

एभरेष्ट इन्स्योरेन्स (EIC) को प्रस्तावित २०% बोनस (BONUS) सेयर बाँडफाँड पश्चात ६००% हकप्रद (RIGHT) को प्रस्ताव पारित !

एभरेष्ट इन्स्योरेन्स कम्पनि लिमिटेड (Everest Insurance Company Ltd., EIC) ले आर्थिक वर्षहरु ०६८/०६९, ०६९/०७०, ०७०/०७१, ०७१/०७२ र ०७२/०७३ गरी ५ बर्षको १८, १९, २०, २१ र २२ औं कुल ५ वटा साधारण सभा एकसाथ एकै पटक यही असार २३ गते हिजो शुक्रबार आफ्नो बार्षिक साधरण सभा सम्पन्न गरेको छ । उक्त साधरण सभाबाट कम्पनीका सदस्यहरुलाई आर्थिक वर्ष २०७२ /०७३ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने रकम दुइ करोड दुइ लाख ५० हजार रुपैयाँ बोनस सेयर तथा बोनास सेयर कर वापतको प्रयोजनार्थ दश लाख ६५ हजार सात सय ८९ रुपैयाँ नगद लाभांश पनि स्वीकृत गरेको छ । साथै, पूँजी बृद्धि सम्बन्धमा माथि प्रस्तावित बोनस सेयर बाँडफाँड पश्चात हुने चुक्त पूँजी १२ करोड १५ लाख रुपैयाँको एक भागको ६ भागका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

ShareUpdateNepal
एभरेष्ट इन्स्योरेन्सको गत असार १ गते बिहिबार बसेको संचालक समिति बैठकले आफ्नो २०७१ चैत १२ गते बिहिबार बसेको विशेष साधारण सभाबाट पारित १५० प्रतिशत हकप्रद ल्याउने प्रस्तावलाई परिमार्जन गरी २० प्रतिशत बोनसपछि कायम हुने चुक्ता पूँजीमा ६०० प्रतिशत अर्थात् १ः६ अनुपातमा हकप्रद ल्याउने प्रस्ताव गरेको थियो । वार्षिकोत्सवका अवसरमा आगामी दिनमा अझै उत्कृष्ट सेवा दिदै अघि बढ्ने जनाउँदै कम्पनीको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा कमल गौतम नियुक्त गरेको छ । यसै साधारण सभा प्रयोजनको लागि इन्स्योरेन्सले असार ९ देखि असार २३ सम्म बुक क्लोज गरेको थियो भने असार ८ सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिएका थिए ।

सभाले पारित अनुसार अब सेयरधनीले हाल रहेको सेयर संख्याभन्दा थप सात गुणा भन्दा बढी भारी मात्रामा सेयर संख्या प्राप्त गर्नेछन् । उदाहरणको लागि हाल १०० कित्ता सेयर हुनेले बोनस स्वरुप २० प्रतिशत सेयर प्राप्त गर्दा १२० कित्ता हुने र त्यसको ६०० प्रतिशत हकप्रद प्राप्त गर्दा ७२० कित्ता सेयर थप हुनेछ । यसरी सुरुमा १०० कित्ता सेयर हुने सेयरधनीकाे बाेनस र हकप्रदपछि कुल सेयर संख्या ८४० पुग्नेछ । तर सञ्चालक समितिले लगेको उक्त हकप्रद प्रस्ताव साधारणसभाले पारित गरिसके पछि पनि अब बीमा समिति एवं धितोपत्र बोर्डले पनि स्बीकृति दिनुपर्ने हुन्छ ।

सबै निर्जीवन बिमा कम्पनीले आर्थिक बर्ष ०७४/०७५ को अन्त्यसम्ममा चुक्ता पूँजी एक अर्ब पुर्याउनु पर्ने बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनी एभरेष्टको चुक्ता पूँजी २०७५ असार मसान्तसम्ममा न्यूनतम एक अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ । एभरेष्टले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा दुइ करोड ११ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) २७ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ ४३३ रुपैयाँ ८८ पैसा छ । हाल कम्पनीको चुक्ता पूँजी १० करोड १२ लाख ५० हजार रुपैयाँ छ । उसको जगेडा कोषमा ११ करोड र बीमा कोषमा १५ करोड २३ लाख ३७ हजार रुपैयाँ छ । १५० प्रतिशत हकप्रद वापतको अग्रिम रकम संस्थापक समूहमा पर्ने सेयरधनीहरुले जम्मा गरिसकेकाले त्यो कल ईन एडभान्समा रहेको छ । अब हक्रप्रदको प्रतिशत बढेकाले उनीहरुले थप रकम जम्मा गर्नुपर्ने भएको छ । यसरी २० प्रतिशत बोनस पश्चात् यसको चुक्ता पूँजी १२ करोड १५ लाख रुपैयाँ पुग्नेछ । त्यसपछि फेरि ६०० सय प्रतिशत हकप्रद जारी गरेपछि उक्त चुक्ता पूँजी ८५ करोड पाँच लाख रुपैयाँ मात्र पुग्नेछ । बाँकी पूँजी त्यसपछि फेरि चालु आर्थिक बर्ष र अर्को बर्ष बोनस सेयर नै दिएर लक्ष्य पुर्याउने योजना कम्पनीले राखेको देखिन्छ ।

आफ्नो सेयर मूल्यलाई नै प्रभाव पार्ने गरी कम्पनीले बोनस, हकप्रद जारी हुनु अर्थात साधारण सभा हुनु अघि संवेदशील सूचना पहिले नै चुहावट गरेको उजुरी धितोपत्र बोर्डमा परेपछि बोर्डले अनुसन्धानका लागि कारोबार रोक्का गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको थियो र नेप्सेले सोही अनुरुप असार ६ मंगलबार उक्त कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । साधारण सभाको प्रस्ताव आउनु पहिले नै एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य दुई हजार छ सय रुपैंयाको हाराहारीमा पुगेको थियो र अघिपछि दैनिक १०/१५ लाखको सेयर कारोबार हुने यस कम्पनीको सेयर असार १ विहीबार मात्र तीन करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो भने कारोबार रोक्का गरेको अघिल्लो दिन असार ५ गते सोमबारमात्र १५ करोड ६० लाख रुपैयाँ बराबर भन्दा बढी करिब ५२ हजार सेयर कित्ताको ८ सय ७४ संख्यामा कारोबार भएको थियो ।

धितोपत्र बोर्डका अनुसार कारोबार रोक्का गरेको दुई/तीन दिनमा कम्पनीको खुल्ला हुने भनेता पनि ढिलाई हुन थाले पछि असार ११ गते आइतबार नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ जस अनुसार कम्पनीको सामायोजित सेयर मूल्य अब २,४४२ रुपैयाँ भएको छ भने आधारभूत मूल्य १,३९२ रुपैयाँ भएको छ । कम्पनीको सेयर अन्तिम कारोबार भएको दिन असार ५ गते २,९३० रुपैयाँमा बन्द भएको थियो । त्यसपछि असार १५ गते विहीबार मात्र कम्पनीको सेयर कारोबार खुल्ला गरेको छ । सेयर कारोबार खुल्ला भए पश्चात यसै साताको अन्तिम दिन बिहिबार असार २२ गते नेप्सेमा यस बीमा कम्पनीको सेयर प्रतिकित्ता २,३०० रुपैयाँबाट शुरु हुँदै २,३५० रुपैयाँसम्मको हाराहारीमा बढेर पछि २,३४९ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको छ ।

आकर्षक बोनस र भारी हकप्रद सेयरले लोभ्याएको यस बीमा कम्पनीमा लगानी गर्नू पूर्ब, एक पटक हेरी हाल्ने कि? कम्पनीको आर्थिक बर्ष २०७३/७४को तेश्रो त्रैमासिक बित्तिय प्रतिबेदन, कम्पनी विश्लेषणअन्य सूचना हेर्न निम्न लिंक्समा क्लिक गर्नुस !

AddToAny